कांग्रेस असन्तुष्ट पक्षको भेला मिराकल पार्टी भेन्यूमा


२०८३ श्रावण २७ बुधबार १४:१३ बजे

काठमाडौं : नेपाली कांग्रेसको असन्तुष्ट पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलाको स्थान टुंगो लागेको छ। आगामी साउन २९ देखि ३१ गतेसम्म हुने तीनदिने भेला काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी भेन्यूमा आयोजना हुने भएको हो।

भेलामा सहभागी हुने नेता–कार्यकर्ताको संख्या र आवश्यक व्यवस्थापनलाई ध्यानमा राखेर मिराकल पार्टी भेन्यू छनोट गरिएको एक नेताले जानकारी दिए।

भेलामा कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले समेत सम्बोधन गर्ने भएका छन्। देउवा बिहीबार सिंगापुरबाट काठमाडौं फर्किने कार्यक्रम रहेको बताइएको छ।

राष्ट्रिय भेलाका संयोजक डा. शशांक कोइरालाले भने कांग्रेसका नेता तथा कार्यकर्तालाई भेलामा सहभागी हुन आग्रह गर्दै निमन्त्रणा तथा पत्राचार गरिरहेका छन्।

पार्टीको आगामी महाधिवेशन, नेतृत्व तथा संगठनात्मक विषयमा असन्तुष्ट पक्षले भेलामा छलफल गर्ने तयारी गरेको छ। भेलाबाट पार्टीभित्रको पछिल्लो राजनीतिक अवस्था र आगामी रणनीतिबारे समेत धारणा सार्वजनिक गर्ने तयारी रहेको नेताहरूले बताएका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७