नागरिक लगानी कोषका सहभागीलाई मनकामना अस्पतालमा २० प्रतिशत छुट


२०८३ श्रावण २७ बुधबार ०८:५९ बजे

काठमाडौं :  नागरिक लगानी कोषका सहभागी, सेयरधनी तथा कर्मचारीले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा स्वास्थ्य सेवा लिँदा २० प्रतिशत छुट पाउने भएका छन्। यससम्बन्धी सम्झौतामा नागरिक लगानी कोषका निर्देशक हेमन्त पोखरेल र मनकामना अस्पतालका बजार प्रमुख उमाकान्त बरालले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार कोषका सहभागी, सेयरधनी तथा कर्मचारीले अस्पतालबाट उपलब्ध गराइने स्वास्थ्य सेवामा २० प्रतिशत छुट पाउनेछन्। यसबाहेक सिटी स्क्यान र अपरेशन सेवामा थप १०–१० प्रतिशत तथा औषधि खरिदमा ५ प्रतिशत छुटसमेत उपलब्ध हुने जनाइएको छ।

छुट सुविधा लिन कोषका सहभागी, सेयरधनी तथा कर्मचारीले आफ्नो परिचयपत्र पेस गर्नुपर्नेछ। सहभागीले कोषमा आबद्ध भएको प्रमाणपत्र वा पहिचान खुल्ने अन्य कागजात पेस गरेपछि सुविधा लिन सक्ने व्यवस्था गरिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७