नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्की नियुक्त
कार्की यसअघि पनि नागरिक लगानी कोषको कार्यकारी निर्देशक थिए
काठमाडौं : नेपाल सरकार, मन्त्रिपरिषद्ले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्कीलाई नियुक्त गरेको छ। उदयपुरका स्थायी बासिन्दा कार्कीलाई भदौ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४२ को उपदफा (१) बमोजिम कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।
नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट निवृत्त कार्की यसअघि पनि नागरिक लगानी कोषको कार्यकारी निर्देशक थिए। उनी २०८० माघ ३ गते खुला प्रतिस्पर्धाबाट कोषको कार्यकारी निर्देशकमा छनोट भएका थिए। कार्कीसँग नेपाल राष्ट्र बैंकबाहेक नेपाल ग्रामीण विकास बैंक र किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रूपमा काम गरेको अनुभव छ।
उनले अस्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयबाट मास्टर अफ बैंकिङ एन्ड फाइनान्स तथा त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन्। केन्द्रीय बैंकिङ, वित्तीय स्थिरता र वित्तीय बजार विश्लेषणलगायत विषयमा उनले अन्तर्राष्ट्रिय तालिमसमेत लिएका छन्।
.gif)

.png)

