ओली सरकारद्वारा नियुक्त ढुंगाना नै सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा पुनः नियुक्त


२०८३ असार १८ बिहीबार १६:३७ बजे

काठमाडौं : सरकारले अध्यादेशमार्फत पदमुक्त भएका सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक देवराज ढुंगानालाई पुनः सोही पदमा नियुक्त गरेको छ। आज (बिहीबार)  बसेको मन्त्रिपरिषद् बैठकले सूचना तथा सञ्चार मन्त्रालयको प्रस्तावमा ढुंगानालाई केन्द्रको कार्यकारी निर्देशकमा पुनर्नियुक्ति दिने निर्णय गरेको हो।

'सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३' जारी भएपछि वैशाख २१ गतेको सूचनाअनुसार ढुंगाना स्वतः पदमुक्त भएका थिए। सोही पदमा सरकारले तिमीलाई पुनः जिम्मेवारी सुम्पेको छ। 

ढुंगाना यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको २०८१ मंसिर २७ गतेको मन्त्रिपरिषद् बैठकबाट उक्त पदमा नियुक्त भएका थिए। बैठकका निर्णयबारे जानकारी दिँदै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मोरङका देवराज ढुंगानालाई सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गरिएको जानकारी दिए । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७