साउनमा मात्रै ४० लाख सिलिन्डर ग्यास बिक्री, अनावश्यक भण्डारण नगर्न निगमको आग्रह

ग्यासको आयात–बिक्री बढ्यो, साउनमा असारभन्दा ९ लाख सिलिन्डर बढी


२०८३ भदौ ३ बुधबार १८:५३ बजे

काठमाडौं : नेपाल आयल निगमका अनुसार गएको साउन महिनामा मात्रै ४० लाखभन्दा बढी सिलिन्डर बराबर ग्यास आयात तथा बिक्री भएको छ। निगमले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार साउनमा ५७ हजार ३१६ टन ग्यास आयात तथा बिक्री भएको हो। यो ४० लाख ३६ हजार ३६४ सिलिन्डर बराबर हो।

असारमा ३१ लाख ३६ हजार ९३७ सिलिन्डर बराबर ग्यास आयात तथा बिक्री भएको थियो। असारको तुलनामा साउनमा करिब ९ लाख सिलिन्डर बढी ग्यास बिक्री भएको निगमको तथ्यांकले देखाएको छ। निगमका अनुसार चैत २०८२ मा २७ लाख ३२ हजार ३५५ सिलिन्डर बराबर ग्यास आयात तथा बिक्री भएको थियो। वैशाखमा यो घटेर २२ लाख ५७ हजार ४९६ र जेठमा २३ लाख १२ हजार ८३७ सिलिन्डरमा सीमित भएको थियो। त्यसपछि भने ग्यासको माग उल्लेख्य रूपमा बढेको देखिएको छ।

आगामी दिनमा ग्यासको आयात अझ बढ्ने निगमले जनाएको छ। निगमले उपभोक्तालाई आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक रूपमा भण्डारण नगर्न आग्रह गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७