ग्यास बिक्रीमा अनिवार्य भ्याट बिल जारी गर्ने निगमको निर्देशनको स्वागत


२०८३ कार्तिक ११ बुधबार १४:०८ बजे
फाइल फोटो

काठमाडौं : ग्यास विक्रेता महासंघ नेपालले एलपी ग्यासको बिक्रीमा अनिवार्य रूपमा भ्याट बिल जारी गर्नुपर्ने नेपाल आयल निगमको निर्देशनको स्वागत गरेको छ। 

महासंघले बुधबार विज्ञप्ति जारी गर्दै निगमको उक्त कदमलाई स्वागतयोग्य भनेको हो। 

निगमको एलपी ग्यास तथा एभिएसन विभागले कात्तिक ९ गते सम्पूर्ण ग्यास उद्योगलाई पत्राचार गर्दै बिक्रेतामार्फत उपभोक्तालाई अनिवार्य रूपमा बिल उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएको थियो।

निगमले ग्यास बिक्रेताले बिक्रीपश्चात् उपभोक्तालाई बिलबिजक नदिएको गुनासो बढ्दै गएको जनाउँदै यस्तो व्यवस्था गर्न निर्देशन दिएको हो।

ग्यासको कारोबारलाई व्यवस्थित, पारदर्शी र सुरक्षित बनाउन महासंघले यसअघि पनि निगमलाई विभिन्न सुझाव दिँदै आएको विज्ञप्तिमा उल्लेख छ। बिक्री गर्दा अनिवार्य रूपमा भ्याट बिल वा बीजक जारी गर्ने व्यवस्था यस क्षेत्रको सुधारमा कोशेढुङ्गा साबित हुने महासंघको ठहर छ।

महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले सम्पूर्ण ग्यास व्यवसायीलाई निगमको निर्देशन पूर्ण रूपमा पालना गर्न आग्रह गरेका छन्। उनले ग्यास बिक्री गर्दा उपभोक्तालाई अनिवार्य रूपमा बिल उपलब्ध गराउन व्यवसायीलाई अनुरोध गरेका हुन्।

महासंघले उपभोक्तालाई पनि ग्यास खरिद गर्दा बिक्रेतासँग अनिवार्य रूपमा बिल वा बीजक माग्न र लिने बानी बसाल्न आग्रह गरेको छ। बिल लिने र दिने अभ्यासले ग्यास कारोबारलाई पारदर्शी बनाउन तथा उपभोक्ताको हित संरक्षण गर्न सहयोग पुग्ने महासंघको विश्वास छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७