मुख्यसचिवसहित मन्त्रीहरूसँग प्रधानमन्त्री शाहले गरे कार्यसम्पादन सम्झौता
चालु आर्थिक वर्षका काममा मन्त्रीलाई जवाफदेही बनाउँदै प्रधानमन्त्री शाह
काठमाडौँ : प्रधानमन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गर्ने मुख्य काम तथा हासिल गर्ने उपलब्धिका लागि कार्यसम्पादन सम्झौता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज मन्त्रीहरूले प्रधानमन्त्री शाहसँग सम्झौतामा हस्ताक्षर गर्दै प्रति आदानप्रदान गरेका हुन्।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सम्झौतामा सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित काम तथा उपलब्धिलाई समेटिएको छ। यसैबीच मुख्यसचिव गोविन्दबहादुर कार्कीले पनि प्रधानमन्त्री शाहसँग कार्यसम्पादन सम्झौता गरेका छन्।
.jpg)




.gif)

.png)

