नेपाल तर्फको हिमनदी भत्किँदा विपत्ति आएको चीनको प्रारम्भिक निष्कर्ष


२०८३ भदौ १२ शुक्रबार १६:५६ बजे
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियान

काठमाडौं : चीनको विदेश मन्त्रालयले नेपालमा आएको पछिल्लो बाढी उच्च उचाइमा रहेको हिमनदी भत्किएपछि उत्पन्न भएको प्रारम्भिक निष्कर्ष सार्वजनिक गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा चीनको केरुङ र नेपालमा आएको बाढीसम्बन्धी पत्रकारहरूको प्रश्नको जवाफ दिँदै चीन र नेपालका विज्ञ तथा सम्बन्धित आधिकारिक निकायको प्रारम्भिक मूल्यांकनले यस्तो देखाएको बताएका हुन्।

“चीन र नेपालका विज्ञहरू तथा आधिकारिक संस्थाहरूले विपत्तिको कारणबारे प्रारम्भिक मूल्यांकन गरेको हामीले जानकारी पाएका छौँ। उनीहरूको विश्लेषणअनुसार, नेपालमा उच्च उचाइमा रहेको एउटा हिमनदी भत्किएपछि यो विपत्ति उत्पन्न भएको हो,” लिनले भने। उनले विपद् व्यवस्थापन तथा उद्धारका सम्बन्धमा शुक्रबार चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को बैठकले गरेका निर्णयलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने बताए।

यसैबीच, चिनियाँ सञ्चारमाध्यम सीजीटीएनले उच्च हिमाली क्षेत्रमा रहेको ग्लेसियर पग्लिएर ताल बन्न थालेको दाबी गर्दै ड्रोनबाट खिचिएको तस्बिर सार्वजनिक गरेको छ। चीनको तिब्बत क्षेत्रमा बनेको जलाधार तथा हिमनदी क्षेत्रमा आएको परिवर्तनपछि नेपालतर्फ भोटेकोशी नदीमा भीषण बाढी आएको र त्यसले ठूलो जनधनको क्षति पुर्‍याएको छ।

यद्यपि, हिमनदी भत्किनुको कारण, त्यसबाट बनेको तालको आकार तथा बाढीमा त्यसको प्रत्यक्ष योगदानबारे विस्तृत प्राविधिक अध्ययन भने आवश्यक रहेको देखिन्छ। यसअघि चीन र नेपालका अधिकारीहरूले बाढी तथा पहिरोपछि सीमा क्षेत्रका जोखिमयुक्त स्थानमा खोज तथा उद्धार कार्यसँगै सम्भावित थप बाढीको जोखिमबारे निरन्तर निगरानी गरिरहेका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७