रेडक्रसले पुर्यायो रसुवाको उत्तरगयामा हेलिकोप्टरमार्फत् राहत
काठमाडौं : भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सडक सञ्जालबाट विच्छेद रहेको रसुवाको उत्तरगया गाउँपालिका–२ का बाढी प्रभावितलाई नेपाल रेडक्रस सोसाइटीले खाद्यसामग्री वितरण गरेको छ।
सडक सम्पर्क अझै स्थापित हुन नसकेको उक्त क्षेत्रमा रेडक्रसले हेलिकोप्टरमार्फत अत्यावश्यक खाद्यसामग्री पुर्याएर ६० घरधुरीका स्थानीयवासीलाई वितरण गरेको हो। भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि उत्तरगया–२ सडक सञ्जालबाट अलग भएको छ। रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी)को सहयोगमा प्रभावित परिवारलाई आवश्यक खाद्यसामग्री उपलब्ध गराइएको नेपाल रेडक्रसले जनाएको छ।
.png)
नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. विशालकुमार भण्डारीसहित स्वयंसेवकहरूले स्थानीयवासीलाई राहत सामग्री वितरण गरेका थिए। अध्यक्ष भण्डारीले भोटेकोशी बाढीबाट सिर्जित विपद्को तत्काल प्रतिकार्यमा रेडक्रसका स्वयंसेवक निरन्तर परिचालित रहेको बताए।
उनका अनुसार स्वयंसेवकहरू रसुवा, नुवाकोट र धादिङका बाढीबाट अतिप्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत वितरणमा सहजीकरण र समन्वय गरिरहेका छन्। बाढी प्रभावित क्षेत्रमा आवश्यकताअनुसार राहत सामग्री वितरणको काम निरन्तर जारी रहेको रेडक्रसले जनाएको छ।
.jpg)
.jpg)
.png)
.gif)

.png)

