जेनजी स्मृति कार्यक्रमबारे रास्वपा सचेतकको प्रश्न : सहिद र घाइतेको अपमान गर्यौँ कि ?
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सचेतक क्रान्तिशिखा धितालले जेनजी आन्दोलनको एक वर्ष पुगेको अवसरमा नयाँ बानेश्वरमा आयोजित स्मृति कार्यक्रमप्रति असन्तुष्टि जनाएकी छन्। पुरानो संसद् भवनअगाडि आयोजित कार्यक्रमको स्वरूप, मञ्चको संरचना र धर्मगुरुहरूको उपस्थितिमाथि प्रश्न उठाउँदै उनले कार्यक्रमले आन्दोलनका सहिद तथा घाइतेको भावनालाई समेट्न नसकेको टिप्पणी गरेकी हुन्।
धितालले सामाजिक सञ्जालमार्फत कार्यक्रमले सहिद परिवारको पीडा कसरी सम्बोधन गर्यो भन्ने प्रश्न उठाएकी छन्। उनले कार्यक्रमको मञ्च किन त्यसरी बनाइएको र त्यहाँ धर्मगुरुको उपस्थिति किन आवश्यक थियो भन्नेबारे पनि प्रश्न गरेकी छन्। उनले आन्दोलनका घाइतेको भावनालाई समेत कार्यक्रमले सम्बोधन गर्न नसकेको बताउँदै नेतृत्वमा रहेकाहरूले कार्यक्रमको स्वरूपमा हस्तक्षेप किन नगरेको भन्दै प्रश्न गरेकी छन्।
धितालले जेनजी आन्दोलनको उद्देश्य र अहिले देखिएको राजनीतिक व्यवहारबीच विरोधाभास देखिएको दाबीसमेत गरेकी छन्। उनका अनुसार गत वर्ष प्रेस स्वतन्त्रता, निरंकुशताविरुद्ध र विधिको शासनका लागि आन्दोलन भएको थियो। तर अहिले आफूहरूमाथि प्रश्न उठाउनेहरूलाई धम्की र चेतावनी दिने प्रवृत्ति देखिन थालेको भन्दै उनले अभिव्यक्ति स्वतन्त्रताको अवस्थामाथि प्रश्न गरेकी छन्। उनले प्रश्न गरेकी छन्, ‘आज हामी अभिव्यक्ति स्वतन्त्रतालाई बल पुग्ने काम गर्दैछौँ ? कि बाँकी अधिकारको पनि तेजोबध गर्न उद्धत छौँ ?’
हेर्नूहोस् सचेतक धितालको पोष्टः
.gif)

.png)

