सप्तकोशीमा पानीको बहाव खतराको तहमा
ब्यारेजका २३ ढोका खोलिए
काठमाडौं : सप्तकोशी नदीमा पानीको बहाव तीव्र रूपमा बढेपछि जलसतह खतराको तहमा पुगेको छ। जोखिम बढेसँगै कोशी ब्यारेजका २३ वटा ढोका खोलिएको छ।
ब्यारेज नियन्त्रण कक्षका अनुसार आज बिहान ७:१५ बजे सप्तकोशीमा प्रतिसेकेन्ड १ लाख ८१ हजार ७ सय ७५ क्युसेक पानीको बहाव मापन गरिएको छ। ब्यारेजमा जलसतह खतराको बिन्दुमा पुगेको र पानीको बहाव अझै बढिरहेको नियन्त्रण कक्षले जनाएको छ।
पानीको सतह खतराको तहमा पुगेपछि स्थानीय प्रशासनले सुनसरी र सप्तरीका कोशी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रशासनले नदीको बहाव बढ्दो क्रममा रहेकाले सम्भावित जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउन अनुरोध गरेको हो।
.gif)

.png)

