मेडिक्वेष्टको ब्रान्ड फेस बनिन् अभिनेत्री वर्षा शिवाकोटी


२०८३ भदौ ३० मंगलबार १८:१२ बजे

काठमाडौं : अभिनेत्री वर्षा शिवाकोटीले आफ्नो व्यावसायिक यात्रालाई मनोरञ्जन क्षेत्रभन्दा बाहिर विस्तार गर्दै स्वास्थ्य तथा डायग्नोस्टिक क्षेत्रमा नयाँ कदम अघि बढाएकी छन्। उनी नेपालमा डायग्नोस्टिक तथा क्लिनिकल ल्याब सेवा प्रदान गर्दै आएको मेडिक्वेष्ट डायग्नोस्टिक लिमिटेडसँग ब्रान्ड फेसका रूपमा जोडिएकी छन्।

यस सहकार्यअन्तर्गत शिवाकोटीले मेडिक्वेष्टको ब्रान्ड प्रवर्द्धनसँगै मार्केटिङ, ब्रान्ड विकास तथा जनसम्पर्कसम्बन्धी गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्नेछिन्। उनी मेडिक्वेष्टको दीर्घकालीन व्यावसायिक यात्रासँग समेत थप नजिकबाट जोडिनेछिन्। मनोरञ्जन क्षेत्रमा अभिनय र सार्वजनिक पहिचानमार्फत स्थापित शिवाकोटीका लागि यो सहकार्य केवल ब्रान्ड एन्डोर्समेन्टमा सीमित नभई नयाँ व्यावसायिक यात्राको सुरुवातका रूपमा हेरिएको छ।

‘एक अभिनेत्रीका रूपमा मैले विभिन्न ब्रान्ड तथा संस्थासँग सहकार्य गर्ने अवसर पाएकी छु। तर, यसपटक म केवल ब्रान्डको अनुहारका रूपमा मात्र नभई संस्थाको विकास र यात्रासँग अझ नजिकबाट जोडिन चाहन्थेँ। स्वास्थ्यजस्तो संवेदनशील र महत्त्वपूर्ण क्षेत्रमा काम गर्ने संस्थासँग जोडिनु मेरा लागि नयाँ जिम्मेवारी र सिकाइको अवसर पनि हो,’ शिवाकोटीले बताइन्।

उनले आफूलाई अभिनेत्रीका रूपमा मात्र सीमित नराखी नयाँ क्षेत्र सिक्ने र व्यावसायिक दायरा विस्तार गर्ने अवसर खोजिरहेको बताइन्। ‘मैले आफ्नो करियरमा आफूलाई अभिनेत्रीका रूपमा मात्र सीमित राख्नुभन्दा नयाँ क्षेत्रहरू सिक्ने र आफूलाई विस्तार गर्ने अवसरहरू खोजिरहेकी छु। मेडिक्वेष्टसँगको यो सहकार्यले मलाई हेल्थ केयर क्षेत्रलाई नजिकबाट बुझ्ने र आफ्नो अनुभव तथा सिर्जनात्मकतालाई फरक क्षेत्रमा प्रयोग गर्ने अवसर दिएको छ,’ उनले भनिन्। 

उनका अनुसार आगामी दिनमा मनोरञ्जनसँगै व्यवसाय, ब्रान्ड विकास र उद्यमशीलताको क्षेत्रमा पनि आफ्नो भूमिकालाई विस्तार गर्दै लैजाने योजना छ। मेडिक्वेष्टसँगको सहकार्यले शिवाकोटीको अभिनेत्रीका रूपमा स्थापित करियरसँगै उनको नयाँ व्यावसायिक तथा उद्यमशील पहिचानलाई समेत फराकिलो बनाउने अपेक्षा गरिएको छ।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७