वर्षा नरोकिएपछि नारायणगढ–मुग्लिन सडक तत्काल नखुल्ने
चितवन : लगातारको वर्षासँगै नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्ने क्रम नरोकिएपछि पहिरो पन्छाउने काम भइरहे पनि सडक सञ्चालनमा ल्याउन तत्काल रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय, चितवनले सडकको जोखिमपूर्ण अवस्था मूल्याङ्कन गर्दै अर्को सूचना जारी नभएसम्म उक्त सडकखण्डमा सवारीसाधन सञ्चालन नगर्न आग्रह गरेको छ।
बिहीबार गतेदेखि चितवन र आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ। वर्षाका कारण नारायणगढ–मुग्लिन सडकका विभिन्न स्थानमा पटक–पटक पहिरो खस्दा यातायात प्रभावित हुँदै आएको प्रशासनले जनाएको छ।
सडकमा खसेको पहिरो हटाउने काम जारी रहे पनि माथिबाट पुनः पहिरो खस्न सक्ने जोखिम रहेकाले सडक खुलाउन नसकिएको प्रशासनले जानकारी दिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माले अर्को सूचना नआएसम्म उक्त सडकखण्ड हुँदै यात्रा नगर्न सर्वसाधारण तथा सवारी चालकलाई आग्रह गरेका छन्।
प्रशासनले वर्षाको अवस्था र सडकको जोखिमलाई निरन्तर मूल्याङ्कन गरिरहेको जनाएको छ। अवस्था सुरक्षित भएपछि मात्रै सवारी आवागमन खुलाइने बताइएको छ।
सूचनाः

.gif)

.png)


