पुलबाट तिनाउ नदीमा हाम फालेका पुरुष बेपत्ता
रूपन्देही : रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ देवी नगर र बुद्धनगर जोड्ने तिनाउ नदीको पुलबाट हाम फालेका एक पुरुष बेपत्ता भएका छन्।
अन्दाजी ३५ वर्षीय पुरुषले बेलुकी पुलबाट नदीमा हाम फालेका हुन्। नदीमा हाम फालेपछि उनी बेपत्ता भएको प्रहरीले जनाएको छ।
नदीमा हाम फालेर बेपत्ता भएका पुरुषको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) निशान्त श्रीवास्तवले जानकारी दिए। हालसम्म ती पुरुषको पहिचान खुल्न सकेको छैन।
बेपत्ता पुरुषको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको छ। प्रहरीले खोजी कार्यसँगै घटनाबारे थप विवरणसमेत संकलन गरिरहेको जनाएको छ।
.gif)

.png)


