१० वर्षपछि भेटिए शिवकुमार सदा : परिवारमा फर्कियो खुसी


२०८३ असोज १९ सोमबार ०७:४७ बजे

सप्तरी : घरबाट हराएको १० वर्षपछि सप्तरीका एक बालकलाई प्रहरीले फेला पारी परिवारको जिम्मा लगाएको छ।

अग्नीसाइर कृष्णासवरण गाउँपालिका–६ निवासी ऋषिदेव सदाका १६ वर्षीय छोरा शिवकुमार सदा १० वर्षअघि घरबाटै हराएका थिए।

लामो समयदेखि खोजी भइरहेकोमा उनी भारतको नयाँ दिल्लीमा रहेको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले त्यहाँस्थित ‘किड इन्डिया’ नामक संस्थासँग समन्वय गरेको थियो।

संस्थाले खोजी गर्ने क्रममा शिवकुमारलाई फेला पारेपछि संस्थाका निर्देशक नवीन जोशीले जिल्ला प्रहरी कार्यालय सप्तरीका निमित्त कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेसँग समन्वय गरेका थिए।

संस्थाले शिवकुमारलाई आइतबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याई बुझाएको प्रहरीले जनाएको छ।

त्यसपछि प्रहरीले सोही दिन राति करिब ८ बजे अग्नीसाइर कृष्णासवरण गाउँपालिका–६ का जनप्रतिनिधिको रोहवरमा उनलाई अभिभावकको जिम्मा लगाएको हो।

दश वर्षपछि छोरा भेटिएपछि परिवारमा खुसी फर्किएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७