पोखरामा स्कुल बस दुर्घटना : पाँच जनाको मृत्यु


२०८३ असोज २३ शुक्रबार १०:१० बजे

पोखरा : कास्कीको पोखरा महानगरपालिका–२८ माझठानाबाट विद्यार्थी लिएर आउँदै गरेको कालिका बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।

आज बिहान भएको स्कुल बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको हो। यसअघि ३ जनाको मृत्यु भएको चिकित्सकले घोषणा गरेकोमा थप २ जना बालिकाको मृत्यु भएको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए।

कालिकास्थित ओख्लेको भीरबाट बस पल्टिएको प्रहरीले जनाएको छ। ग २ ख १४१७ नम्बरको उक्त बसमा २० भन्दा बढी विद्यार्थी सवार रहेको बताइएको छ।

घाइतेमध्ये १५ जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ भने अन्य तीन जनाको गण्डकी मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो।

गण्डकी मेडिकल कलेजमा उपचारका लागि पुर्‍याइएका पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण र घाइतेहरूको अवस्थाबारे थप विवरण आउन बाँकी छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७