सोलुखुम्बुमा पहिरोले इङ्खु नदी थुनियो

बाँध फुट्न सक्ने भन्दै सतर्कता


२०८३ कार्तिक १४ शनिबार १३:०० बजे

काठमाडौं :  सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ स्थित चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। पहिरोले नदी थुनिएर अस्थायी बाँध बनेपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाका अनुसार चेरेम गाउँमुनि निरन्तर पहिरो खसिरहेको छ। पहिरोले नदीको बहाव रोकेपछि त्यहाँ अस्थायी बाँध बनेको हो।

उक्त बाँध कुनै पनि बेला फुट्न सक्ने र त्यसो भए नदीमा एकैपटक ठूलो परिमाणमा पानीको बहाव बढ्न सक्ने जोखिम रहेको मन्त्री शेर्पाले बताएका छन्। उनी सोलुखुम्बुबाट निर्वाचित प्रदेशसभा सदस्यसमेत हुन्।

उनले इङ्खुखोला, दूधकोशी र सप्तकोशी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन्। मन्त्री शेर्पाका अनुसार अहिलेसम्मको अवस्था हेर्दा ठूलो जोखिम देखिएको छैन। तर, उक्त क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले थप पहिरो खस्न सक्ने र अस्थायी बाँध भत्किएमा नदीको सतह अचानक बढ्न सक्ने खतरा छ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदीकिनारमा नबस्न, सुरक्षित स्थानमा रहन र स्थानीय प्रशासनबाट जारी हुने सूचनालाई ध्यान दिन आग्रह गरिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७