एनपीएलमा वर्षाको असर, लुम्बिनी र चितवनको खेल रद्द

खेल रद्द भएपछि लुम्बिनी र चितवनको खातामा एक–एक अंक


२०८३ कार्तिक १४ शनिबार १७:३३ बजे

काठमाडौं :  अविरल वर्षाका कारण नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत साबिक विजेता लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द भएको छ ।

शनिबार नेपाल क्रिकेट संघ (क्यान)ले वर्षाका कारण खेल सञ्चालन हुन नसकेपछि रद्द गरिएको जनाएको हो । खेल रद्द भएसँगै दुवै टोलीले एक–एक अंक पाएका छन् । यससँगै लुम्बिनी र चितवनको अंक समान तीन पुगेको छ ।

अंक तालिकामा लुम्बिनी दोस्रो र चितवन तेस्रो स्थानमा छन् । दुवै टोलीको समान अंक भए पनि रनरेटका आधारमा लुम्बिनी अघि रहेको छ । लुम्बिनीले कात्तिक ९ गते भएको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सलाई सात विकेटले पराजित गरेको थियो ।

चितवनले पनि विराटनगर किंग्सलाई आठ रनले हराउँदै प्रतियोगितामा पहिलो जित निकालेको थियो । वर्षाका कारण शनिबारको दोस्रो खेलसमेत प्रभावित हुने सम्भावना छ । निर्धारित तालिकाअनुसार बेलुका ५ बजे सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७