कृषि अनुदान मिलाइदिने भन्दै ५ करोड ८० लाख ठगी, दुई जना पक्राउ


२०८३ कार्तिक १३ शुक्रबार ०९:२३ बजे
फाइल फोटो

​​​​​काठमाडौं : कृषि फार्म सञ्चालनका लागि सहुलियत अनुदान उपलब्ध गराइदिने प्रलोभन देखाएर पाँच करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१३ ताहाचलका ५२ वर्षीय तिलक बुढाथोकी भन्ने श्रीकृष्ण महर्जन र ललितपुर महानगरपालिका–१४ नखिपोटका ६० वर्षीय प्रेमनारायण खनाल छन् ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनीहरूलाई बिहीबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरूले सिंहदरबारस्थित विभिन्न मन्त्रालयका कर्मचारीसँग आफ्नो राम्रो चिनजान रहेको र कृषि फार्मका लागि सहजै सहुलियत अनुदान मिलाइदिन सक्ने भन्दै पीडितलाई विश्वासमा पारेका थिए । 

सोही प्रलोभन देखाएर उनीहरूले पाँच करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोप छ ।

पक्राउ परेका दुवै जनालाई काठमाडौं जिल्ला अदालतको अनुमतिमा हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७