दुर्घटनामा प्रहरी जवानको मृत्यु : श्रीमती गम्भिर घाइते
रौतहट : रौतहटमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा प्रहरी जवानको मृत्यु भएको छ । दुर्घटनामा उनकी श्रीमती गम्भीर घाइते भएकी छन् ।
बिहीबार साँझ करिब ६ः३० बजे फतुवा विजयपुर नगरपालिका–११ स्थित राङ्गी टोलमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
दुधिअवाबाट बालचनपुरतर्फ जाँदै गरेको ना २ त ४७८६ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०५३ प ८२०२ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।
दुर्घटनामा मोटरसाइकल चालक गुजरा नगरपालिका–४ पोखरभिन्डाका ३५ वर्षीय प्रहरी जवान सुभाष चौधरी र पछाडि सवार उनकी ३० वर्षीया श्रीमती निशा खड्का घाइते भएका थिए ।
दुवैलाई उपचारका लागि एम्बुलेन्समार्फत वीरगन्जस्थित बयोधा अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा बिहीबार राति ८ः१० बजे चिकित्सकले सुभाषलाई मृत घोषणा गरेका थिए ।
उनकी श्रीमती निशाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
मृतक चौधरी बारा जिल्लास्थित इलाका प्रहरी कार्यालय सिम्रौनगढमा कार्यरत थिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त गौतमले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
.gif)

.png)



