रास्वपाभित्र मतभेदको संकेत गर्दै बालेनले भने, देश र पार्टी जोगाउनु फरक कुरा हो
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र नेतृत्व तहमा मतभेद देखिएको संकेत गर्दै देश र पार्टी जोगाउने विषय फरक रहेको टिप्पणी गरेका छन् ।
प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई हटाउने सरकारको निर्णयप्रति पार्टी सभापति रवि लामिछानेले प्रश्न उठाएपछि प्रधानमन्त्री शाहले बिहीबार राति सामाजिक सञ्जालमार्फत जवाफ दिएका हुन् ।
लामिछानेले सरकारले आईजीपी परिवर्तन गर्नुको औचित्य पुष्टि गर्नुपर्ने बताएका थिए । उनले पार्टीले सरकारका सबै निर्णयमा समर्थन गर्नैपर्ने बाध्यता नरहेको र आवश्यकताअनुसार फरक धारणा राख्न सक्ने बताएका थिए ।
यसअघि रास्वपाका प्रवक्ता जगदीश खरेलसहितका नेताहरूले पनि आईजीपी परिवर्तनको निर्णय पार्टीसँग छलफल नगरी गरिएको भन्दै असन्तुष्टि जनाएका थिए ।
पार्टी नेतृत्वबाटै सरकारको निर्णयमाथि प्रश्न उठेपछि प्रधानमन्त्री शाहले सरकारको प्राथमिकता देशको हित र संरक्षण रहेको सन्देश दिएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘तपाईंहरूको कार्यकर्ता लड्छन्, नेता हाँसेर बस्छन्, हाम्रो नेता लड्छन्, मानवताले आस गर्छन्। फरक यति हो ! देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ ।’
प्रधानमन्त्रीको यो अभिव्यक्तिलाई आईजीपी परिवर्तनको विषयमा पार्टी सभापति लामिछानेसहितका नेताले उठाएको प्रश्नप्रतिको असन्तुष्टिका रूपमा हेरिएको छ ।
.gif)

.png)




