एमाले निकट प्रवासी मञ्चमा ओलीका सबै उम्मेदवार पराजित


२०८३ कार्तिक २० शुक्रबार १२:५८ बजे

काठमाडौं : नेकपा (एमाले) निकट प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा पठाइएको भनिएको उम्मेदवार सूचीका तीनै जना पराजित भएका छन् ।

२०८३ कात्तिक १८ र १९ गते सम्पन्न अधिवेशनमा पदाधिकारी चयनका लागि भएको मतदानमा ओलीको रोजाइ भनिएका उम्मेदवारलाई प्रतिनिधिहरूले मत दिएनन् । 

प्राप्त विवरणअनुसार  उपाध्यक्षका उम्मेदवार कतारका चानक पोखरेलले ७३, सचिवका उम्मेदवार जर्मनीका सन्तोष भट्टराईले ८५ र उपसचिवका उम्मेदवार जापानका सुरेश केसीले ५८ मत प्राप्त गरेका छन् । 

तर मतदानबाट प्रतिनिधिहरूले फरक उम्मेदवार चयन गरेका छन् । दुबईका टकबहादुर गुरुङ ११३ मतसहित उपाध्यक्ष, बेलायतका रामशरण सिम्खडा ९८ मतसहित सचिव र अमेरिकाका कृष्णप्रसाद लामिछाने २११ मतसहित उपसचिवमा निर्वाचित भएका छन् ।

अधिवेशनमा ओलीले गुन्डुबाट जसरी पनि निर्वाचित गराउन निर्देशनसहित उक्त सूची पठाएको दाबी गरिएको छ । 

तर प्रतिनिधिहरूले मतदानमार्फत फरक उम्मेदवार चयन गरेपछि पार्टी नेतृत्वको चाहना र प्रवासी प्रतिनिधिहरूको मतबीच अन्तर देखिएको छ ।

अधिवेशनबाट अमेरिकाका प्रभु थापा अध्यक्षमा र इजरायलका ज्योति शर्मा उपसचिवमा सर्वसम्मत चयन भएका छन् ।

यस अधिवेशनको परिणामले प्रवासी नेपाली मञ्चको नेतृत्व चयनमा प्रतिनिधिहरूको मतदान र पार्टी नेतृत्वको भनिएको निर्देशनबीच देखिएको अन्तरलाई चर्चामा ल्याएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७