प्रेस स्वतन्त्रता खुम्चिने भन्दै अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई महासंघको आग्रह


२०८३ कार्तिक २० शुक्रबार १५:२८ बजे

काठमाडौं : सरकारले प्रेस काउन्सिल ऐन, २०४८ संशोधन गर्न अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि नेपाल पत्रकार महासंघले त्यसलाई जारी नगर्न आग्रह गरेको छ ।

महासंघका अध्यक्ष निर्मला शर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बिहीबार (कात्तिक २०) राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी प्रस्तावित अध्यादेशका प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा पार्न सक्ने प्रभावबारे ध्यानाकर्षण गराएको हो ।

महासंघका पदाधिकारी, सल्लाहकार तथा केन्द्रीय सदस्य सम्मिलित टोलीले प्रेस काउन्सिलसम्बन्धी कानुनी व्यवस्थामा संशोधन गर्ने नाममा ल्याउन लागिएको अध्यादेशले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक प्रत्याभूतिमा असर पार्न सक्ने भन्दै त्यसलाई जारी नगर्न आग्रह गरेको थियो ।

भेटका क्रममा महासंघले प्रस्तावित अध्यादेशका प्रावधानबारे आफ्नो धारणा राख्दै प्रेस स्वतन्त्रता, सञ्चारमाध्यमको स्वायत्तता र पत्रकारिताको संवेदनशीलतालाई ध्यानमा राखेर निर्णय लिन राष्ट्रपतिलाई आग्रह गरेको थियो । 

सरकारले मन्त्रिपरिषद्बाट प्रेस काउन्सिल ऐन, २०४८ संशोधनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

त्यसपछि महासंघले राष्ट्रपतिलाई भेटेर अध्यादेशप्रति असहमति जनाएको हो ।

महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासँग प्रत्यक्ष सरोकार राख्ने कानुनी व्यवस्थामा संशोधन गर्दा सम्बन्धित सरोकारवाला पक्षसँग पर्याप्त छलफल र सहमति हुनुपर्नेमा पनि जोड दिएको छ ।

हेर्नूहोस् महासंघको विज्ञप्तिः

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७