नेपाल राष्ट्र बैंकले माग्यो ६१ कर्मचारी, मंसिर १७ सम्म आवेदन सकिने


२०८३ मङ्सिर २ बुधबार ०८:३५ बजे
फाइल फोटो

काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न पदमा ६१ जना कर्मचारी भर्नाका लागि विज्ञापन खुलाएको छ ।

राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागले सहायक निर्देशकदेखि सहायकसम्मका पदमा खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्न आवेदन माग गरेको हो ।

विज्ञापनअनुसार अधिकृत तृतीय श्रेणीको सहायक निर्देशक पदमा २६ जना माग गरिएको छ । लेखा तथा लेखापरीक्षणतर्फ सहायक निर्देशक पदमा ३ जना, वाणिज्य कानुनतर्फ २ जना र सूचना प्रविधितर्फ ४ जना कर्मचारी माग गरिएको छ ।

त्यस्तै, सहायक द्वितीय श्रेणीको सहायक पदमा २६ जना कर्मचारी भर्ना गरिनेछ ।

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले आगामी मंसिर १७ गतेसम्म आवेदन दिन सक्नेछन् । तोकिएको समयभित्र आवेदन दिन नसक्नेले दोब्बर दस्तुर तिरेर मंसिर २४ गतेसम्म आवेदन दिन सक्ने राष्ट्र बैंकले जनाएको छ ।

उम्मेदवारले राष्ट्र बैंकको वेबसाइट www.nrb.org.np को करियर सेक्सनअन्तर्गत अनलाइन पोर्टल वा jobs.nrb.org.np मार्फत आवेदन दिन सक्नेछन् ।

हेर्नूहोस् सूचनाः

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७