नेपाल टेलिकममा जागिर खुल्यो : ८० कर्मचारीका लागि आवेदन आह्वान
काठमाडौं : नेपाल टेलिकमले विभिन्न पदमा ८० जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । कम्पनीले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत पदपूर्ति गर्ने गरी आवेदन खुलाएको हो ।
लोक सेवा आयोगबाट सहमति प्राप्त भएपछि टेलिकमले शुक्रबार सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको जनाएको छ । इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले आगामी मंसिर ३ गतेसम्म अनलाइन माध्यमबाट आवेदन दिन सक्नेछन् ।
टेलिकमले सार्वजनिक गरेको विज्ञापनअनुसार नवौँ तहको उपप्रबन्धक, वरिष्ठ इन्जिनियर, वरिष्ठ व्यापार अधिकृत र वरिष्ठ लेखा अधिकृत पदमा एक–एक जना माग गरिएको छ ।
त्यस्तै, टेलिकम इन्जिनियर १० जना, सहायक प्रशासकीय अधिकृत ९ जना र टेलिकम टेक्निसियन ९ जनाका लागि पनि आवेदन खुलाइएको छ ।
यसैगरी चौथो तहका सहायक पदमा १७ जना र तेस्रो तहका जुनियर टेक्निसियन पदमा १२ जना भर्ना गरिनेछ ।
विभिन्न तह र पदमा खुलाइएको विज्ञापनअनुसार इच्छुक उम्मेदवारले तोकिएको समयभित्र अनलाइन आवेदन दिनुपर्नेछ । पदअनुसार आवश्यक शैक्षिक योग्यता तथा अन्य विवरण नेपाल टेलिकमको आधिकारिक सूचनामा उल्लेख गरिएको छ ।
हेर्नूहोस् सूचना:

.gif)

.png)




