पाँच अर्बको रिपो बिक्री गर्दै नेपाल राष्ट्र बैंक, ‘क’देखि ‘ग’वर्गसम्मकाे बैंकले लिन पाउने


२०७५ चैत १४ बिहीबार ०९:२३ बजे

काठमाण्डौ,चैत १४ । नेपाल राष्ट्र बैंकले नियमितरुपमा नै रिपो तथा ट्रेजरी बिल बिक्री गर्दै आएको छ । यही क्रममा बिहीबार पनि बैंकले पाँच अर्ब रुपैयाँ बराबरको रिपो बिक्री गर्ने भएको छ ।

बैंकले एक सूचनामार्फत रिपो बोलकबोल गर्ने जनाएको छ । एक साता अवधिका लागि बिक्री गर्न लागिएको रिपो खरिदका लागि ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंकले सहभागिता जनाउन सक्ने सूचनामा उल्लेख छ ।

बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा खुला बजार कारोबार सञ्चालन समितिको निर्णयानुसार अल्पकालीन अवधिको तरलता प्रवाह गर्न रिपो बिक्री गर्ने गरिन्छ ।

नेपाल राष्ट्र बैंकले पछिल्लो समयमा लगातार रुपमा ट्रेजरी बिल तथा रिपो बिक्रि गर्दै आइरहेको छ । यसअघि गएको सोमबार मात्रै बोलकबोल प्रक्रियाबाट १० अर्ब ३३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्रि गर्ने सूचना जारी गरेको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७