तीव्र हावाको कारण स्पेसएक्सद्वारा अन्तरिक्ष यात्रीलाई पृथ्वीमा ल्याउन ढिलाइ
काठमाडौं, २३ कात्तिक । फ्लोरिडाको समुद्री तटमा देखिएको अत्यधिक हावाको कारण अन्तरिक्ष यात्रीलाई पृथ्वीमा ल्याउने कार्यमा ढिलाइ भएको छ । स्पेसएक्सले चार अन्तरिक्ष यात्रीलाई अन्तर्राष्ट्रिय स्पेस स्टेसन (आईएसएस) बाट ल्याउने तयारी गरेको थियो ।
यद्यपि तीव्र हावाको कारण यसमा ढिलाइ भएको हो । अमेरिका, फ्रान्स र जापानी अन्तरिक्ष यात्रीलाई आइतबार आईएसएसबाट ल्याउनुपर्ने थियो र सोमबार उनीहरुको विमान मेक्सिकोको खाडीमा अवतरण गराउने तयारी थियो ।
अब अन्तरिक्ष यात्रीको पृथ्वीको यात्रा आठ घण्टाको हुनेछ । पहिलाको तुलनामा उनीहरुको यात्राको समय आधा घटाइएको हो । स्पेसएक्सको रकेटको शौचालय बिग्रिएकाले अब अन्तरिक्षयात्रीले यो समयमा आफ्नो डाइपरमा निर्भर रहनुपर्ने भएकाले पृथ्वीसम्मको यात्राको समय घटाइएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मौसममा देखिएको खराबीका साथै एक अन्तरिक्षयात्रीलाई देखिएको अज्ञात समस्याको कारण पनि उनीहरुलाई पृथ्वीमा ल्याउने कार्यमा ढिलाइ भएको हो । अधिकारीहरुले यो समस्या सामान्य रहेको भन्दै यसलाई उडानको समयसम्ममा ठिक गरिने बताएका छन् । एजेन्सी
.gif)

.png)

