जेन्जी अभियन्ता लक्ष्मीदेवीले माइतीघरमा गरिन् आत्मदाह प्रयास


२०८३ भदौ २३ मंगलबार १९:०५ बजे

काठमाडौं : जेन्जी अभियन्ता लक्ष्मीदेवीले काठमाडौंको माइतीघर मण्डलामा आत्मदाह प्रयास गरेकी छिन्। उनले शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेको बताइएको छ। घटनापछि उनको उद्धार गरिएको छ। 

प्रहरीका अनुसार गोरखा घर भएकी ३० वर्षीया लक्ष्मीदेवी बस्नेतले प्रज्वलनशील पदार्थ शरीरमा खन्याएर आगो लगाएकी थिइन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाका अनुसार उनलाई तत्काल उद्धार गरी ट्रमा सेन्टर पठाइएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७