बुद्धनगरमा एक व्यक्तिद्वारा आत्मदाहको प्रयास, अवस्था गम्भीर


२०८३ असार २७ शनिबार १०:५८ बजे

काठमाडौं, २७ असार :  काठमाडौंको बुद्धनगरमा शनिबार बिहान एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन् । ४५ वर्षीय आश्विन राउतले आफ्नै घरको भान्सा कोठामा शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका हुन् ।

काठमाडौं प्रहरीका प्रवक्ता पवन भट्टराईका अनुसार शनिबार बिहान सवा ६ बजे उक्त घटना भएको थियो । घटनाबारे जानकारी पाउनासाथ तत्काल खटिएको प्रहरी टोलीले उनको उद्धार गरी उपचारका लागि वीर अस्पताल पुर्‍याएको छ ।

चिकित्सकहरूका अनुसार राउतको शरीरको करिब ५० प्रतिशत भाग जलेको छ र उनको अवस्था गम्भीर रहेको छ । प्रहरी प्रवक्ता भट्टराईले घटनाको कारण अहिलेसम्म नखुलेको बताएका छन् । राउत आफ्नी श्रीमती र छोरासँग सो घरमा बस्दै आएका थिए । घटनाका बेला घरमा श्रीमती र छोरा उपस्थित थिएनन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७