एमएस्सी गरेका युवाद्वारा आत्मदाहको प्रयास

थप उपचारका लागि काठमाडौँ लगियो


२०८३ असार २६ शुक्रबार २१:०२ बजे

सर्लाही: सर्लाहीमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका एक युवालाई उपचारका लागि काठमाडौँ लगिएको छ। गोडैता नगरपालिका–१०, सिसौटीयाका ३५ वर्षीय विवेक मण्डलले शुक्रबार अपराह्न आफ्नै शरीरमा आगो लगाएका हुन्।

शुक्रबार पौने ४ बजेको समयमा मण्डलले आफैँमाथि पेट्रोल खन्याई आगो लगाएका थिए। घटनालगत्तै उद्धार गरी उनलाई सुरुमा मलंगवास्थित प्रादेशिक अस्पताल लगिएको थियो। तर, त्यहाँ उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उनलाई थप उपचारका लागि काठमाडौँ पठाइएको सशस्त्र प्रहरीका डीएसपी एकराज बुर्लाकोटीले जानकारी दिए।

स्थानीयका अनुसार एमएस्सी तहको शिक्षा हासिल गरेका मण्डल लामो समयदेखि बेरोजगारीको समस्यासँग जुधिरहेका थिए। उनले यसअघि मलंगवास्थित एक कलेजमा अध्यापन गराउँदै आएका थिए। तर, एक वर्षअघि सो जागिर गुमेपछि उनी बेरोजगार बनेका थिए।

काम नपाउँदा र आर्थिक अभावले गर्दा उनी निकै लामो समयदेखि मानसिक तनावमा रहेको वडाध्यक्ष वैद्यनाथ मण्डलले बताए। रोजगारीको खोजीमा रहँदा पनि कतै काम नपाएपछि उनी चरम निराशामा पुगेको स्थानीयको भनाइ छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७