दरबारमार्गको क्यासिनो प्यालेसबाट नौं जना पक्राउ, एक करोड बरामद


२०८० माघ १९ शुक्रबार १३:४६ बजे

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित क्यासिनो प्यालेसबाट प्रहरीले एक करोड रुपैंयाँसहित नौं जनालाई पक्राउ गरेको छ । क्यासिनो प्यालेसको अण्डर ग्राउन्डमा अनलाइन सट्टेबाटी गर्दै गरेका उनीहरूलाई गए राति पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरूमा ६ नेपाली र तीन भारतीय नागरिक छन् ।

पक्राउ परेकाहरूको साथबाट प्रहरीले करिब एक करोड रुपैयाँ नगद बरामद गरेको छ । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी भुपेन्द्र खत्रीले पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको बताए । ‘अनलाइन सट्टेबाजी खेल्दै गरेको अवस्थामा पक्राउ परेका हुन्, हामी थप अनुसन्धान गर्दैछौँ’, एसएसपी खत्रीले भने ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७