नयाँ सरकार गठनबारे ओलीको कार्यकक्षमा कांग्रेस–एमाले छलफलमा

राष्ट्रपति कार्यालयको पत्र पर्खिदै, हस्ताक्षर तयार


२०८१ असार २८ शुक्रबार ०२:५५ बजे

काठमाडौँ । नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुले छलफलमा जुटेका छन् । नयाँ बानेश्वरस्थित संसद भवनको एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यकक्षमा कांग्रेस र एमालेका नेताहरुबीच छलफल भइरहेको छ । 

प्रतिनिधिसभाको आज (शुक्रबार) को बैठकबाट विश्वासको मत नपाएर  पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सरकार ढलेपछि कांग्रेस र एमालेबिच नयाँ सरकार गठनका लागि संवाद जारी छ । एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठनका लागि असार १७ मै कांग्रेस र एमालेबीच सहमति भएको थियो । सोही अनुसार सरकार गठनका लागि कांग्रेस र एमालेका नेताहरु गृहकार्यमा जुटेका छन् ।

अहिलले प्रधानमन्त्रीले विश्वासको मत नपाएको पत्र शितल निवासमा पुर्‍याउँदैछ । संसद सचिवालयको पत्र पुगेपछि संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनको लागि आह्वान गर्ने कांग्रेस एमालेको विश्वास छ । दुई दलबीच एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ ।

एमालेका सचिव योगेश भट्टराईले कांग्रेस एमालेसहित नयाँ सरकारलाई समर्थन गर्नेहरुको हस्ताक्षर संकलन भइसकेको जानकारी दिए । उनले भने, ‘कांग्रेस एमालेको हस्ताक्षर भइसकेको छ, अन्य समर्थन गर्ने दलको पनि हस्ताक्षर संकलन हुँदैछ । राष्ट्रपतिबाट आह्वान भयो भने दाबी आजै बुझाइन्छ ।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७