आजपा केन्द्रीय सदस्य साहलाई रिहा नगरे कडा आन्दोलन
काठमाडौं । आम जनता पार्टी (आजपा) ले केन्द्रीय सदस्य एवं अभियन्ता इन्जिनियर प्रमोद राणा साहलाई यथाशिघ्र रिहा गर्न माग गरेको छ । आजपाले नापी कार्यालय सप्तरीका अधिकृत सुमनकिशोर मिश्रलगायतका भ्रष्ट कर्मचारीमाथि छानविन गरी कानूनी कारवाहीको माग गरेको छ ।
सप्तरी रुपनी गाउँपालिका–१ का आजपा केन्द्रीय सदस्य एवं अभियन्ता साहलाई प्रहरीले बुधबार पक्राउ गरेको थियो । साहलाई पक्राउ गरेपछि आजपा प्रवक्ता चन्द्रभुषण साहले एक बिज्ञप्ती जारी गर्दै साहलाई तत्काल रिहा गर्न माग गरेका छन् ।
गिरफ्तार पार्टीका नेता एवं अभियन्ता साहलाई यथाशिघ्र बिना शर्त रिहा गर्न र देशको प्रमुख शत्रुको रुपमा रहेका दलाल, बिचौलिया एवं भ्रष्ट कर्मचारीहरुलाई कानूनी कारवाहीको दायरामा ल्याउन आजपाले माग गरेको छ । साहलाई तत्काल रिहा नगरिएको कडा आन्दोलन गर्ने आजपाले जनाएको छ ।
.gif)

.png)

