बारका अध्यक्ष घिमिरेलाई लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश


२०८१ कार्तिक १ बिहीबार ०९:१६ बजे

काठमाडौं । अदालतको अवहेलना मुद्दामा नेपाल बार एशोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेलाई सात दिनभित्र लिखित जवाफ पेस गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । 

सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले बारका अध्यक्ष वरिष्ठ अधिवक्ता घिमिरेविरुद्ध अदालतको अवहेलनामा निवेदन दिएका थिए । उक्त निवेदनका आधारमा बार अध्यक्षविरुद्ध अवहेलनाको मुद्दा अगाडि बढेको थियो । सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र कुमार चुडालको इजलासले बिहीबार बारका अध्यक्ष घिमिरेलाई ७ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।

‘यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार कारण भए सबुद प्रमाणसहित म्याद सूचना पाएको मितिले बाटाका म्यादबाहेक ७ दिनभित्र आफैं वा आफ्नो कानुन बमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्नू भनी आदेश र निवेदनको प्रतिलिपिसमेत साथै राखी विपक्षीको नाममा म्याद सूचना जारी गरी लिखितजवाफ परे वा अवधि नाघेपछि नियमानुसार गरी पेस गर्नू,’ आदेशमा भनिएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७