विपक्षीहरुको वैठकमा दल फुटाउने अध्यादेशको त्रास


२०८१ कार्तिक २ शुक्रबार १५:०५ बजे

काठमाडौं । विपक्षी दलहरूले साना दलहरू फुटाउन सरकारले अध्यादेश ल्याउन सक्ने आशंका गरेका छन् । प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार विपक्षी दलहरूको बैठक बोलाएका थिए । बैठकमा सरकारमै रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरसमेत सहभागी थिए ।

बैठकमा नेताहरुले सरकारले साना दलहरुलाई फुटाउन अध्यादेश ल्याउन सक्ने विश्लेषण गरेका छन् । सरकारले दल फुटाउने अध्यादेश ल्याउन लागेको आशंका गर्दै प्रतिपक्षी दलहरूले विशेष अधिवेशन माग गर्ने तयारी गरेका छन् । शुक्रबार संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकमा साना दलहरू फुटाउनेगरी सरकारले अध्यादेश ल्याउन लागेकोबारे छलफल भएको थियो । 

बैठकमा सहभागी रास्वपा सांसद विराजभक्त श्रेष्ठका अनुसार, यदि सरकारले अध्यादेश ल्याउन खोजे आफूहरू विशेष अधिवेशनको माग गर्ने बताएका छन् । पहिला पनि ओली सरकारले नै अध्यादेश ल्याएको भन्दै रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले भने, ‘यो पालि पनि सत्ता पक्षमै भएका साना दलहरू हुन् वा प्रतिपक्षमा भएका दल, हामी नयाँ मान्छे आएकाले के हो, यतातिर गएको गम्भीर आशंका भएर नै बसेका हौँ ।’ बैठकले सरकारसँगै राष्ट्रपति र सभामुखको समेत ध्यानाकर्षण गराउने निर्णय गरेको छ । एक नेताका अनुसार यति सरकारले अध्यादेश ल्याउन खोजे तत्काल विशेष अधिवेशन बोलाउन माग गर्ने रणनीति छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७