बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा गेष्ट हाउस सञ्चालक पक्राउ


२०८१ कार्तिक २ शुक्रबार १५:०४ बजे

काठमाडौँ । बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपपछि फरार गेष्ट हाउस सञ्चालक पक्राउ परेका छन् । काठमाडौँको टोखा नगरपालिका २६ नयाँबसपार्कमा सञ्चालित निमा गेष्ट हाउसमा सरसफाईको काममा लगाइ दिने भन्दै बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोप छ ।

आरोपित गेष्ट हाउस सञ्चालक नुवाकोटको तादी गाउँपालिका ६ का २९ वर्षीय सुजन तामाङलाई प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोको टोलीले बिहीबार पक्राउ गरेको हो । बालिकालाई वेश्यावृत्तिमा लगाएर ग्राहकबाट दुई घण्टामा ३ हजारसम्म र रातभरमा ६ हजार रुपैयाँसम्म लिने गरेको प्रहरीको दाबी छ ।

पीडित बालिकालाई एक महिनासम्म गेष्ट हाउसबाट बाहिर जान समेत नदिएको र जबरजस्ती शारीरिक सम्पर्क राख्न बाध्य बनाएको उजुरी परेको ब्यूरोले जनाएको छ । पीडित बालिकाले काम गरेबापतको पारिश्रमिक माग्दा समेत अभियुक्तले गालिगलौज तथा कुटपिट गरी यातना दिएको ब्यूरोका सूचना अधिकारी एसपी गौतम मिश्रले बताए । उनीविरुद्ध मानव बेचविखन तथा ओसारपसारको कसुरमा जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद लिएर प्रहरीले थप अनुसन्धान सुरु गरेको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७