जीपबाट खसेर बालकको मृत्यु


२०८१ कार्तिक २ शुक्रबार १६:०० बजे

खोटाङ । जीपबाट खसेर घाइते भएका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ८ वर्षीय हेमन्त बस्नेतको मृत्यु भएको छ । दिक्तेल–खानीडाँडा सडक खण्डको सिद्धेश्वर गुफा नजिक बिहीबार राति सडकमा खसेर घाइते भएका बस्नेतको उपचारका लागि काठमाडौं लैजाने क्रममा बिहीबार राति मृत्यु भएको हो ।

ना १ ज ५७४३ नम्बरको जीपमा चढेर खाल्ले जाँदै गर्दा सडकमा खसेका बस्नेतको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौं लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए ।

जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौं लैजाने क्रममा हलेसी पुग्दा सिकिस्त भएपछि दुर्छिमस्थित हलेसी तुवाचुङ नगर अस्पतालमा भर्ना गरिएको थियो । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले घर भएका गाडी चालक ४५ गोविन्द कटवाल र गाडीलाई राति नै प्रहरीले नियन्त्रणमा लिएको पोखरेलले बताए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७