दिल्लीबाट काठमाडौं आएको भिस्ताराको जहाजमा बम राखेको हल्ला, सुरक्षा जाँच गरिंदै


२०८१ कार्तिक ६ मंगलबार २२:११ बजे
फाइल फोटो

काठमाडौं । भारतको राजधानी नयाँदिल्लीबाट काठमाडौं आएको भिस्तारा एयरलाइन्सको जहाजमा बम रहेको हल्ला आएपछि विमानस्थलले आवश्यक सुरक्षा सतर्कता अपनाएको छ । मंगलबार दिउँसो काठमाडौंस्थित त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको भिस्तारा एयरलाइन्सको  युके १५५ उडान नम्बरको जहाजमा बम रहेको सूचना प्राप्त भएपछि आवश्यक सतर्कता अपनाइएको विमानस्थल स्रोतले जनाएको छ ।

जहाजमा बम राखेको फोन दिल्लीबाटै आएको विमानस्थल स्रोतले जनाएको छ । बम राखेको खबर पाइएपछि नेपाली सेनाको कमाण्डमा सुरक्षा निकायले जहाजको खानतलासी थालेको छ । यद्दपि विमानस्थलबाट हुने जहाजहरुको उडान र अवतरण भने रोकिएको छैन ।

अहिले प्रहरीले भिस्तारा एयरलाइन्सबाट आएका यात्रुहरूको सुरक्षा जाँच गरिरहेको छ । यात्रु र विमानको आवश्यक सुरक्षा जाँच गरेपछि मात्रै वास्तविकता थाहा हुने विमानस्थल स्रोतले बताएको छ । उक्त जहाज मंगलबार दिउँसो ४ः३० बजे अवतरण भएको हो । पछिल्लो समयमा भारतीय विमान सेवामा बम राखिएको धम्की बारम्बार आइरहेका छन् । सबैजसो विमान कम्पनीले बम भएको धम्की खेप्दै आएका छन् ।

केही दिनअघि अमेरिकाको सिकागो जाँदै गरेको एयर इन्डियाको उडान क्यानडाको एउटा विमानस्थलमा बमको धम्कीपछि डाइभर्ट गरिएको थियो । दिल्लीबाट उडेको विमानलाई अनलाइन बमको धम्की प्राप्त भएपछि क्यानाडातर्फ डाइभर्ट गरिएको हो । उक्त विमान क्यानाडाको इक्लुइट विमानस्थलमा अवतरण गराइएको एजेन्सीहरूले उल्लेख गरेका छन् । यस्तै  मुम्बईबाट न्युयोर्कका लागि उडेको एयर इन्डियाको विमानलाई बमको धम्कीपछि दिल्लीतर्फ डाइभर्ट गरिएको थियो । तर, चेकजाँचका क्रममा कुनै शंकास्पद वस्तु भेटिएको थिएन ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७