फेरियो नेसपाको नाम र झण्डा, महाधिवेशन माघ अन्तिम साता


२०८१ कार्तिक ६ मंगलबार २२:०६ बजे

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) को महाधिवेशन माघ अन्तिम साता काठमाडौंमा हुने भएको छ । आज (मंगलबार) पोखरामा सकिएको पहिलो विधान अधिवेशनले पार्टीको महाधिवेशन २५–२७ माघसम्म काठमाडौंमा गर्ने निर्णय गरेको हो ।

विधान अधिवेशनमा पार्टीको महाधिवेशन २५–२७ माघमा गर्ने सचिवालय बैठकको निर्णय पेस गरिएको थियो । प्रथम विधान अधिवेशनबाट उक्त मितिमा पार्टीको महाधिवेशन गर्ने सचिवालय बैठकको निर्णय पारित गरेको नेता मानुषी यमी भट्टराईले जानकारी दिइन् ।

आजै सचिवालय बैठक बसेको थियो । महाधिवेशनमा प्रत्येक पार्टी सदस्यले प्रत्यक्ष मतदान गर्ने व्यवस्था गरिएको छ ।
महाधिवेशनमा प्रत्येक पार्टी सदस्यले प्रत्यक्ष मतदान गर्ने व्यवस्था गरिएको छ । विधान अधिवेशनबाट पार्टीको नाम र झण्डा पनि परिवर्तन गरिएको छ । पार्टीको नाम नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र संक्षिप्तमा नेसपा नयाँ शक्ति भएको छ ।

अधिवेशनले पार्टीको केन्द्रीय समिति सदस्य ९९ जना र ११ सदस्यीय पदाधिकारी हुने व्यवस्था पारित गरेको छ । जसमा अध्यक्ष, ५ उपाध्यक्ष (१ महिला, १ जनजाति, १ मधेशी, १ खसआर्य र १ दलित), महासचिव, ३ सचिव र कोषाध्यक्ष हुनेछन्।  निर्वाचन समिति ३३ सदस्यीय हुनेछ । सबै तहमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट नेतृत्व चयनको व्यवस्था पारित गरिएको छ ।

त्यस्तै, पार्टीमा युवाको नेतृत्व स्थानीय तहमा ४० प्रतिशत, प्रदेशमा ३० र केन्द्रमा २० प्रतिशत हुने व्यवस्था गरिएको छ । त्यस्तै, सबै समितिमा महिला पदाधिकारी ३३ प्रतिशतको व्यवस्था पनि विधानमा गरिएको छ । विधान अधिवेशनमा ७१ जिल्ला र विदेशबाट (६ देश) गरी पाँच सय प्रतिनिधि सहभागी थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७