अध्यादेश रोक्न माग गर्दै प्रचण्डसहित विपक्षी दलका नेताहरु शीतलनिवासमा


२०८१ कार्तिक ७ बुधबार ०४:१० बजे

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित विपक्षी दलका नेताहरु राष्ट्रपति निवास शीतल निवास पुगेका छन् ।

राष्ट्रपति पौडेलसँगको भेटमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शक्ति बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदद्वय शिशिर खनाल र सुमना श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता बुद्धिमान तामाङ र हेमजङ्ग गुरुङ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे तथा आम जनता पार्टीबाट नेता तिलक थापामगर सहभागी छन्  ।

देशको पछिल्लो राजनीतिक अवस्था, सरकार गठन भएको १०० दिनलगायत समसामयिक विषयमा छलफल गर्न प्रचण्डसहित विपक्षी दलहरू राष्ट्रपतिलाई भेट्न पुगेको राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनिल पोखरेलले जानकारी दिए । ‘विपक्षी दलहरूकै अग्रसरतामा भेटघाट हुन लागेको हो । समसामयिक विषयमा छलफल हुन लागेको हो । विशेष केही छैन’, थापाले भने । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने चर्चा भइरहेको बेला राष्ट्रपति पौडेलसँग विपक्षी दलहरुले भेटेका हुन् । यसअघि सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विपक्षी दलहरूले १३ बुँदे ज्ञापनपत्र बुझाएका थिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७