कोटेश्वरबाट महिलाको अपहरण सूचनापछि सुरक्षाकर्मी परिचालन


२०८१ कार्तिक ७ बुधबार ०४:११ बजे

काठमाडौं । काठमाडौंको कोटेश्वरबाट एक पहिला अपहरणमा परेकी छिन् । प्रहरी स्रोतका अनुसार उनलाई अपहरण गरेर बन्धक बनाइएको हो । उनको रिहाइका लागि १६ लाख फिरौती माग गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।बन्धक बनाएर फिरौती मागेको भन्ने सूचना पाएपछि अपराध अनुसन्धान कार्यालय, टेकुको टोली अनुसन्धानमा परिचालित भएको छ।

कोटेश्वरबाट अपहरण गरेर ती महिलालाई ललितपुरमा राखिएको प्रारम्भिक सूचना आएको प्रहरी स्रोत बताउँछ । प्रारम्भिक जाँचमा वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर ठगी गरेको विषय यो घटनासँग जोडिएको हुनसक्ने देखिएको प्रहरीले बताएको छ । महिलाको उद्वारका लागि प्रहरी परिचालन भएको छ । थप विवरण आउन बाँकी छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७