नेकपा एस उपनिर्वाचनमा कांग्रेस–एमालेबाहेक विपक्षी दलसँग चुनावी गठबन्धन गर्न खुला


१८:४४ बजे

काठमाडौं । नेकपा एकीकृत समाजवादीले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा चुनावी गठबन्धनको बाटो खुल्ला राखेको छ । एक्लै लड्ने तयारी गरेको भने पनि सरकारमा भएका काँग्रेस र एमालेबाहेक विपक्षी दलहरूसँग सहकार्यको विकल्प खुला राखेको हो ।

मंसिर १६ गते स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र जिसस प्रमुख गरी ४४ पदमा निर्वाचन हुँदैछ । पार्टी अहिले उम्मेदवार चयन प्रक्रियामा रहेको उपमहासचिव रामकुमार भट्टराईले बताए ।

उनले सम्भव भएसम्म धेरै ठाउँमा एक्लै चुनाव लड्ने तयारी गरे पनि आवश्यकताको आधारमा तालमेल हुनसक्ने बताए। उनले चुनावी गठबन्धनको लागि समाजवादी मोर्चामा भएका दलहरुलाई पहिलो प्राथमिकतामा राखेको बताए । मोर्चामा नेकपा माओवादी केन्द्र, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र महेन्द्रराया यादव पक्षको नेसपा सहभागी छ।

उनले विपक्षी दलहरूसँग सामान्य छलफल भइरहेपनि कुनै ठोस निर्णय नभएको बताए। नेकपा एसले उपनिर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेको नेतृत्वमा उपनिर्वाचन परिचालन कमिटी गठन गरेको छ। उपनिर्वाचनको उम्मेदवारी दर्ता मंसिर २ गते हुने भएकाले त्यसअघिसम्म माओवादीसहित अन्य विपक्षी दलसँग चुनावी गठबन्धन हुनसक्ने बताइएको छ । माओवादीले पनि एक्लै लड्ने तयारी गरे पनि स्थानीय तहमा परिस्थिति हेरे सहकार्य गर्ने नीति बनाएको छ । त्यसबारेमा थप निर्णय लिनको लागि भोलि पदाधिकारी बैठक बस्दै छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७