मधेश केन्द्रित दलहरुबीच मोर्चाबन्दीका लागि जनमतले तोक्यो दुई सदस्य


२३:५७ बजे

काठमाडौं । जनमत पार्टीले मधेश केन्द्रित दलहरुबीच मोर्चाबन्दीको संवादका लागि समिति गठन गरेको छ। आज (सोमबार) जनमतले एक विज्ञप्ति जारी गर्दै दुई सदस्यीय समिति गठन गरेको जानकारी दिएको हो । जनमतका केन्द्रीय सचिवालय प्रमुख राजेशकुमार मण्डलका अनुसार केन्द्रीय उपाध्यक्ष अब्दुल खान र प्रवक्ता शरदसिंह यादवलाई सदस्य तोकिएको छ ।

आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालय समितिको निर्णयअनुसार सदस्यहरू तोकिएको हो । संविधान संशोधनका विषयलाई लिएर धारणा समान बनाउन भन्दै मधेस केन्द्रित दलहरूले मोर्चाबन्दी बनाउन लागेका छन् । गत असार १७ गते नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सात बुँदे सहमतिमा संविधान संशोधनका विषय पनि उल्लेख छ ।


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७