बिहे खान गएका दुई समूहबीच झडप, एकको मृत्यु


२०८१ फाल्गुण ९ शुक्रबार १५:१३ बजे

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका–८ मोटाबाडामा बिहेको निम्तो मान्न गएका दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढीगंगा– ८ डुग्रीतोलाका अन्दाजी २९ वर्षीय रणबहादुर थापा रहेका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी जनक बोहोराका अनुसार गए राति बिहेको निम्तो खान गएका दुई समूहबीच झडप भएको थियो । झडपमा परी थापा घाइते भएका थिए।

अछामको बयालपाटा अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको बोहोराले जानकारी दिएका छन् । उनका अनुसार आरोपित तीन जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याई घटनाबारे सोधपुछ तथा अनुसन्धान भइरहेको छ । पक्राउ पर्नेमा बुढीगंगा–७ वाइलका दीर्घ विष्ट, खेम विष्ट र लोकेन्द्र खड्का रहेका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । मृतक थापाको शव बयालपाटा अस्पतालबाट पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७