प्रकृति लम्साल मृत्यु प्रकरण : आड्भिक श्रीवास्तव न्यायिक हिरासतमा, फोन जफत


२०८१ फाल्गुण ६ मंगलबार ०३:५० बजे

काठमाडौं । भारतको ओडिसास्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्साल मृत्यु प्रकरणमा पक्राउ परेका छात्र आड्भिक श्रीवास्तवलाई प्रहरीले पक्राउ गरी न्यायिक हिरासतमा पठाएको छ ।

प्रहरीले श्रीवास्तवको साथबाट मोबाइल समेत बरामद गरेको छ । श्रीवास्तव प्रकृतिको सहपाठी हुन् । श्रीवास्तवलाई आत्महत्या दुरूत्साहनको कसुरमा पक्राउ गरेको भुवनेश्वरस्थित प्रहरी कमिसनरको सचिवालयले जनाएको छ । श्रीवास्तवलाई हिरासतमा राखेर अनुसन्धान थालिसकेको प्रहरीको भनाइ छ । प्रहरीले अनुसन्धानका लागि कागजात, मृतक प्रकृतिको पनि मोबाइल र ल्यापटप बरामद गरेको छ । 

गत आइतबार प्रकृति मृत भेटिएकी थिइन् । कलिंग इन्स्टिच्युटका नेपाली विद्यार्थीमाथि कुटपिटमा संलग्न रहेका दुई जना सुरक्षा गार्डलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंस्थित भारतीय दूतावासले भुवनेश्वरस्थित प्रहरी कमिशनरको कार्यालयले जारी गरेको विज्ञप्ति सार्वजनिक गर्दै दुई जनालाई पक्राउ गरेको उल्लेख गरेको छ।

४५ वर्षीय रमाकान्त नायक र २५ वर्षीय जोगेन्द्र बेहेरालाई प्रहरीले पक्राउ गरेको हो । किट प्रशासनले नेपाली विद्यार्थीहरूलाई कलिंग इन्स्टिच्युटबाट निकाल्दा सुरक्षा गार्डहरूले कुटपिट गरेको भिडिओ सार्वजनिक भएको थियो । साथै प्रहरीले कलिंग इन्स्टिच्युटमा पढ्ने नेपालीसहित सबै विद्यार्थीहरूको सुरक्षाका लागि प्रहरी प्रतिबद्ध रहेको पनि उल्लेख गरेको छ ।
 

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७