अर्थमन्त्री पौडेल र मेयर आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार हुने


२०८१ फाल्गुण ३ शनिबार ०३:३८ बजे

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं ल्याइएको छ । पोखरामा आयोजित पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुटेर उनीहरू घाइते भएका थिए । लगत्तै उनीहरूलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो ।

‘हेलिकोप्टरबाट काठमाडौं पठाइएको छ,’ कास्की जिल्ला प्रहरी कार्यालयका एसपी श्यामनाथ ओलियाले जानकारी दिए। पौडेल र आचार्य दुवैलाई कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको उनले जानकारी दिएका छन् । उनका अनुसार अर्थमन्त्री पौडेलको गण्डकी मेडिकल कलेज र मेयर धनराज आचार्यको फिस्टेल अस्पताल प्राथमिक उपचार गरेर काठमाडौं पठाइएको हो । अर्थमन्त्री पौडेल र मेयर आचार्यको अनुहारको भाग जलेको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७