एनसेलले ल्यायो ‘९० अनलिमिटेड’ र ‘५० डेटा’ अफर


२०८१ फाल्गुण ८ बिहीबार ००:४७ बजे

काठमाडौं । एनसेलले बढ्दो मोबाइल डेटाको मागलाई सम्बोधन गर्न ‘९० अनलिमिटेड’ र ‘५० डेटा’ गरी दुई डेटा प्याक सञ्चालनमा ल्याएको छ । यी प्याकहरू ग्राहकलाई सधैं अन राख्न योगदान पुर्‍याउने कम्पनीको प्रतिबद्धता अनुरूप ल्याइएका हुन् ।

करसहित ९० रूपैयाँ शुल्क रहेको ९० अनलिमिटेड योजना अन्तर्गत, ग्राहकले दुई दिनसम्म मोबाइल डेटाको अनलिमिटेड मोबाइल इन्टरनेटको भरपुर फाइदा लिन सक्छन् । ग्राहकलाई डेटा सहजताको अनुभव प्रदान गर्ने उद्देश्यले डिजाइन गरिएको यो अफरले अनलिमिटेड इन्टरनेट प्रयोगको सुविधा सुनिश्चित गर्ने कम्पनीले जनाएको छ । जसले गर्दा ग्राहकहरू उच्च गतिको मोबाइल ब्रोडब्यान्ड सेवामार्फत् सहजै सम्पर्कमा रहन सक्छन् ।

यो अफर विशेषतः छोटो अवधिको लागि बिनाझन्झट इन्टरनेट पहुँच खोज्ने प्रयोगकर्ताहरूका लागि उपयुक्त विकल्प हो। ग्राहकहरूले एनसेल एपमार्फत वा *१२३*४*१*४# डायल गरेर यो ‘९० अनलिमिटेड’ प्याक लिन सक्छन् । कामका लागि होस् वा मनोरञ्जनका लागि, फिल्म होस् वा अनलाइनमार्फत् गीतसंगीतको आनन्द लिन वा सामाजिक सञ्जाल जोडिन, यो प्याकले ४८ घण्टासम्म कुनै पनि डेटा सीमाबिना निर्वाध रूपमा इन्टरनेट सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यसैगरी, ‘५० डेटा’ प्याक अन्तर्गत ग्राहकले १.१ जीबी मोबाइल डेटा भोल्युम करसहित ५० रूपैयाँमा पाउन सक्छन् । यो डेटा तीन दिनसम्म मान्य रहन्छ । सुलभ शुल्कमा ३ दिनसम्म प्रयोग गर्न सकिने सुविधा भएकोले यसले डेटा चाहिने तर थोरै प्रयोग गर्ने ग्राहकहरूलाई विषेश महत्त्व राख्ने एनसेलले जनाएको छ । 

ग्राहकहरूले एनसेल एपबाट वा  *१२३*४*२*१#  डायल गरेर सजिलै यो प्याक खरिद गर्न सक्छन् । यो प्याक इन्टरनेट ब्राउजिङ, मोबाइलमार्फत् डिजिटल कारोबार गर्न तथा स्पोटिफाई जस्ता प्लेटफर्महरूमा गीतसंगीतको मजा लिने लगायतका कार्यका लागि उपयुक्त रहेको एनसेलले जनाएको छ ।

विशेष गरी छोटो–छोटो अवधिका लागि डेटा लिन चाहने ग्राहकहरूका लागि डिजाइन गरिएका यी नयाँ डेटा अफरहरू अनलिमिटेड इन्टरनेट होस् वा भोल्युममा आधारित सजिलो इन्टरनेट पहुँच दुवै वर्गका ग्राहकका लागि लाभदायी हुने एनसेलले जनाएको छ ।   
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७