‘सभापतिमा उठ्ने घोषणा गरिसकेको छु, ११ भाइ देउवाकोमा जाँदैमा फरक पर्दैन’


२०८१ फाल्गुण ८ बिहीबार ०१:०८ बजे

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसका ११ भाइको सक्रियताले फरक नपर्ने बताएका छन् । आज (बिहीबार) सुर्खेतको वीरेन्द्रनगरमा प्रेस युनियनले आयोजना गरेको कार्यक्रममा कोइरालाले ११ भाइको सक्रियताले आफू महाधिवेशनमा सभापतिमा उठ्ने कुरामा फरक नपर्ने बताएका हुन्।

उनले पार्टीको महाधिवेशन निर्धारित मितिमै हुनुपर्ने र त्यसका लागि कांग्रेस कार्यकर्ताले दबाब सिर्जना गर्नुपर्ने बताए । ‘११ भाइको सक्रियताको कुरा उठ्यो, १४औं महाधिवेशनमा पनि उहाँहरूले देउवालाई सर्पोट गरेकै हो,’ पत्रकारले सोधेको प्रश्नको जवाफमा कोइरालाले भने, ‘१५औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा मेले गरिसकेको छु ।’

पार्टी सभापति शेरबहादुर देउवा निकटका ११ नेताले गत शुक्रवार १५औं महाधिवेशनको रणनीतिबारे छलफल गरेका थिए । कोइरालाले गत महाधिवेशनमै देउवालाई समर्थन गरेका नेताको जमघटले फरक नपार्ने बताएका छन् ।कोइरालाले २०८२ साल मंसिरमा गर्नुपर्ने महाधिवेशन कुनै पनि बहानामा ०८४ को चुनावपछि सार्न नमिल्ने बताए । ‘महाधिवेशन २०८२ मंसिरमा हुनुपर्छ, मैले केन्द्रीय समितिमा राखिरहेको छु । केही अप्ठ्यारो पर्‍यो भने  एक वर्ष थप्ने व्यवस्था विधान र संविधानले ६ महिना थप्ने व्यवस्था छ । तर चुनावपछि गर्‍यो भने कांग्रेसको अवस्था नाजुक हुन्छ,’ उनले भने ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७