पूर्व मिस युनिभर्स बोहोराको निधन


२०८१ फाल्गुण ३ शनिबार ०३:५८ बजे

काठमाडौं । पूर्व मिस युनिभर्स जेनी चाँदनी बोहोराको निधन भएको छ । मिस युनिभर्स–२०२३ बिजेता बोहराको ४४ वर्षको उमेरमा हृदयघातबाट असमायिक निधन भएको हो ।

पूर्वमन्त्री एवम् प्रतिनिधि सभा सदस्य दीपक बोहरा एवं महिला गीतकार संघका संस्थापक अध्यक्ष वरिष्ठ गीतकार प्राज्ञ उन्नती बोहरा ‘शीला’ की सुपुत्री हुन् । उनको शुक्रबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।  आफन्त अस्मिता भण्डारीका अनुसार महिला गीतकार संघकी संस्थापक अध्यक्ष उन्नति बोहरा ‘शीला’ की सुपुत्री चाँदनी गत बिहीबार बेलुका अचानक बितेकी हुन् । 

‘त्यस दिन साँझ उहाँ अचानक बिरामी हुनुभएको थियो’, उनले भनिन्, ‘तर अस्पताल पु¥याउनासाथ चिकित्सक मृत घोषणा गरे ।’ उनको निधनको कारण ‘हार्टअट्याक’ अनुमान गरिए पनि पोस्टमार्टम रिपोर्ट नआईकन यसै भन्न नसकिने भण्डारीको भनाइ छ । ‘यसअघि उहाँलाई कुनै रोग देखिएको थिएन’, उनले भनिन्, ‘उहाँको शव अहिले टिचिङ अस्पताल (महराजगन्ज) मा छ, पोस्टमार्टम भइसकेको छ ।’ चाँदनी बोहराको अन्त्येष्टि आज साँझ ४ः३० बजे पशुपति आर्यघाटको विद्युत् शवदाह गृहमा गरिने जानकारी पनि भण्डारीले दिइन् । 

चाँदनीकी छोरी मिस युनिभर्स २०२३ विजेता जेनी दीपिका ‘ग्यारेट’ विदेशबाट आज आइपुग्ने भएकाले दाह संस्कारका लागि आजसम्म पर्खिएको भण्डारीले बताइन् । चाँदनीले अमेरिकन नागरिकसँग विवाह गरेकी थिइन् । त्यसैले उनले आफ्नो नामको पछाडि ‘ग्यारेट’ राखेकी हुन् । उनका पति, दुई छोरी र एक छोरा छन् । विदेशी नागरिकसँग बिहे गरे पनि उनको परिवार काठमाडौँको बालुबाटारमा बसोबास गर्छ ।  सांसद बोहराका छोरीमा चाँदनी एक जना मात्र थिइन्। उनका छोरा २ जना छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७