कांग्रेसले माग्यो मधेशका यातायातमन्त्री रायसँग स्पष्टीकरण


२०८१ फाल्गुण ८ बिहीबार ००:४८ बजे

धनुषा  । मधेश प्रदेशका श्रम तथा यतायातमन्त्री कौशलकिशोर रायसँग नेपाली कांग्रेस सर्लाहीले स्पष्टीकरण मागेको छ। कांग्रेसलाई बदनाम गराउने र संगठन कमजोर पार्ने खालको पार्टीको अनुशासन र मर्यादाविपरीत क्रियाकलापमा लागेको उजुरी आएको भन्दै नेपाली कांग्रेस सर्लाहीको अनुशासन समितिले अनुशासनको कारबाही किन नगर्ने भन्दै मन्त्री रायलाई ७ दिनभित्र लिखित जवाफ मागेको छ ।

सर्लाही निर्वाचन क्षेत्र नम्बर २ को क्षेत्रीय सभापति र क्षेत्र नं.२ (२) बाट निर्वाचित प्रदेश सांसदसमेत रहेका मन्त्री रायले संघीय निर्वाचनदेखि हालसम्म पार्टीको मर्यादा र अनुशासन ख्याल नगरी अन्य विचारधारा भएका राजनीतिकर्मी र नेताहरुका राजनीतिक कार्यक्रममा भाग लिएको समेत आरोप लागेको छ ।

पार्टीको मर्यादा र अनुशासनको ख्यालै नगरी पार्टीलाई तथ्यहिन आरोप तथा गालीगलौज हुँदा समर्थन गरेको भन्दै मन्त्री रायविरुद्ध उजुरी आएपछि कांग्रेस जिल्ला अनुशासन समिति संयोजक सरोज कुमारले मन्त्री रायसँग स्पष्टीकरण मागेका हुन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७